झापा । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
साहारा चितवन सहकारी ठगी प्रकरणमा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई धरौटीमा छाड्नका लागि आदेश गरेको हो।
लामिछाने बुधबार अदालतमा उपस्थित भएपनि थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो।
चितवनमा मात्र ठगीको मुद्दा दर्ता गरिएको भएपनि कास्की, काठमाडौं र रुपन्देहीमा संगठित अपराधका मुद्दा दर्ता भएका छन्।
सहकारी ठगीमा ५६ करोडभन्दा बढी रकम हिनामिना गरिएको प्रहरीको अनुसन्धानमा उल्लेख गरिएको छ। सरकारी वकिल कार्यालयले लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।