मुक्कुमलुङ केबलकार विवाद: माइतीघरमा प्रदर्शन

काठमाडौं । केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केही समय देखि विवाद चलिरहेको छ ।

केही दिन अगाडि केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलि लागि ४ जना घाइते भएका थिए।

आज मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले मुक्कुमलुङ अतिक्रमणविरुद्ध काठमाडौंको माइतीघरमा पनि प्रदर्शन गरेको छ।

उनीहरुले त्यही विषयमा आधारित सडक नाटक समेत देखाएका छन्। प्रदर्शनमा गृहमन्त्रीको राजीनामा मागिएको थियो।

उनीहरूले गोली खान तयार रहेको तर केबलकार बन्न नदिने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
163
सम्बन्धित

लोकप्रिय

लोकप्रिय