सुरुङ्गाको जुकेकल्भटमा दुर्घटना, १ जनाको मृत्यु

शिवसताक्षी। झापाको पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भटमा आज विहान मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गाउँपालिका ६ शरणामती निवासी ५० वर्षीय हरिप्रसाद सिटौला रहेका छन् ।

आज बिहान सुरुङ्गाबाट बिर्तामोडतर्फ जादै गरेको मे ४प ९५० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई विहान ४ बजे निर्माणधिन एसियान हाईवेले बनाएको खाडलमा परेको थियो ।

दुर्घटनमा घाइते सिटौलालाई विर्तामोड स्थित विएन्डसी अस्पताल विर्तामोड लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालले विहान ५ः१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
212
सम्बन्धित

लोकप्रिय

लोकप्रिय