माघ २६ देखि बिर्तामोडमा अन्तरपालिका महिला फुटबल प्रतियोगिता

बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले माघ २६ गतेदेखि फागुन ५ गतेसम्म अन्तरपालिका महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

समितिले आइतबार बिहान बिर्तामोडमा पत्रकार सम्मेलन गरी फुटबल प्रतियोगिताको तयारी र व्यवस्थापनबारे जानकारी दिएको हो । नगर खेलकुद विकास समितिले पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष विकास गिरीले बताउनुभयो ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

खेलकुद विकास समितिका सचिव विसन लिम्बूका अनुसार डोमालाल राजबंशी रंगशालामा आयोजना गरिएको प्रतियोगितामा १० वटा पालिकाहरूको सहभागिता रहने छ । प्रतियोगिता आयोजना गर्न ३४ लाख खर्च लाग्ने अनुमान गरिएको प्रचार संयोजक विशाल अग्रवालले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले महिला खेलाडी उत्पादन गर्ने र खेल क्षेत्रलाई प्रवर्द्धन गर्दै लैजाने नीतिअनुसार प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले महिला खेलाडी उत्पादनका लागि सीप तथा क्षमताको विकासमा लाग्नुपर्ने बेला आएको बताउँदै यस प्रकारका खेलहरूले थप हौसला दिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
202
सम्बन्धित

लोकप्रिय

लोकप्रिय