झापा । मुक्कुमलुङमा केबुलकार योजना खारेजीको माग गर्दै आन्दोलनरत समूहले आजदेखि शुरु गरेको अरुण पुर्वका ९ जिल्ला बन्दको पहिलो दिन झापाको दमक अशान्त बनेको छ ।
बन्दकर्ता र प्रहरीबीच पटकपटक झडपको घटना भएका छ्न । आइतबार दिउँसोदेखि शुरु भएको झडपका क्रममा एक जनालाई टाउकोमा चोट लागेको छ ।
आन्दोलनकारीहरुले साना ठुला गरि तीन वटा सवारीमा तोडफोड गरेका छ्न । बन्द गराउने समुहका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
आइतबार दमकबाट पक्राउ परेका आन्दोलनकारीहरुमा पदम बेघा, धनकुमार योङ्हाङ, शुक्रबीर लिम्बु, आदित्य फियाक, प्रकाश लाबुङ, सन्देश लिम्बु, नाम्साङ लिम्बु र तत्काल नाम नखुलेका एक जना छ्न ।