केबुलकार निर्माणको विरोधमा गरिएको बन्दले पूर्वको जनजीवन प्रभावित

झापा । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ ।

मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले माघ २०/२१ गते अरुणपूर्व नौ जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा बन्दको आह्वान गरेको छ।

बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन्। झापामा भने अहिलेसम्म बन्दको सामान्य प्रभाव देखिएको छ । बन्दकर्ता भने सडमा उत्रिएका छन् । प्रशासनले बाक्लो सुरक्षाकर्मी परिचालन गररेको छ ।

त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथरलगायतको स्थानमा सञ्चालन हुने सवारीसाधन सञ्चालन भएका छैनन्। धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ।

आफूहरूको धार्मिक आस्थामा खलल पुर्‍याउने गरी व्यापारिक घरानालाई केबुलकार बनाउन दिएको भन्दै विरोध गर्दै आएका उनीहरू केही दिनअघि प्रहरीसँगको झडपमा ३ जना गोली लागी गम्भीर घाइते भएपछि थप आन्दोलनमा उत्रिएका हुन्।

केबुलकार निर्माण रोक्नुपर्ने, प्रहरीले गोली हानी घाइते बनाएकाहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र यसअघ गिरफ्तारीमा परेकालाई विनाशर्त रिहाइ गर्नुपर्नेमाग राखी उनीहरूले दुई दिन बन्द आह्वान गरेका हुन् । गृह मन्त्रालयले पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
4
+1
0
+1
2
438
सम्बन्धित

लोकप्रिय

लोकप्रिय