विद्युतीय रेलमार्ग ड्रिम प्रोजेक्ट हो, सरकार पछाडि हट्दैन: मन्त्री दाहाल

बिर्तामोड । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर योजनाबाट सरकार पछाडि नहट्ने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आइतबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले चरण चरणमा मुआब्जा वितरण गरेर भएपनि विद्युतीय रेलमार्गलाई सरकारले अगाडि बढाउने बताउनुभयो ।

रेल प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गर्न स्रोत सुनिश्चितताको विषय उठिरहेका बेला मन्त्री दाहालले यस विषयमा अर्थ मन्त्रालयसँग कुराकानी भएको बताउनुभयो ।

सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने जनाउँदै चार वर्षअघिदेखि झापा, मोरङ र सुनसरीका सर्वसाधारणको जग्गा रोक्का राखेको छ ।

रेल प्रभावित क्षेत्रका बासिन्दाले सरकारले मुआब्जा नदिए आफ्नो जग्गा रोक्का फुकुवा गर्नुपर्ने माग राख्दै आएका छन् । स्थानीयको माग सुनवाई गर्दै चरण चरणमा मुआब्जा वितरण गरेर भएपनि रेलमार्ग बनाउने मन्त्री दाहालले बताउनुभयो ।

सरकारको एउटा ड्रिम प्रोजेक्टका रुपमा विद्युतीय रेलमार्ग रहेको जनाउँदै मन्त्री दाहालले यसबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको दोहोर्‍याउनु भयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय