झापामा कुकुरको टोकाइबाट ७ वर्षीय बालकको मृत्यु

झापा । झापाको कन्काई नगरपालिकामा कुकुरको टोकाईबाट एक ७ वर्षीय बालकको मृत्यु भएको छ ।

संखुवासभा चैनपुर नगरपालिका वडा न.७ घर भई हाल कन्काई नगरपालिका वडा नं. २ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका छोरा ७ वर्षीय प्रकाश रम्तेललाई बिगत डेढ महिनाअघि कुकुरले टोकेको थियो ।

कुकुरले टोकेर अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकोमा हिजो बिहान ११ बजे बालकको स्वास्थ्यमा समस्या आएको थियो ।

उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगी सामान्य उपचारपश्चात् थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर हुँदै गएपछि तत्काल हेटौडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव सोही अस्पतालमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
4
508
सम्बन्धित

लोकप्रिय

लोकप्रिय