झापामा कुटपिटबाट एक जनाको मृत्यु

झापा । झापामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

कुटपिटबाट मृत्यु हुनेमा कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बास्तोलाले चौधरीलाई सामान्य विवादको क्रममा लाठी प्रहार गरी कुटपिट गरेका थिए ।

घाइते चौधरीको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो ।

संलग्न बास्तोलालाई घटना भएलगत्तै इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
1
+1
1
+1
0
+1
3
599
सम्बन्धित

लोकप्रिय

लोकप्रिय