शिवसताक्षीले उचाल्यो अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि

शिवसताक्षी । झापाको कमल गाउँपालिकामा जारी अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले उचाल्यो छ । आयोजक कमल गाउँपालिकालाई ३–० गोल अन्तरले हराउँदै शिवसताक्षीले उपाधि उचालेको हो ।

शिवसताक्षीका तर्फबाट सचिन श्रेष्ठ, उमेश दनुवारले एक एक गोल लगाएका थिए भने, एउटा कमल गाउँपालिकाले आत्मघाती गोल लगाएको थियो ।

खेलको म्यान अफदी म्याच शिवसताक्षीका उमेस दनुवार घोषित भए । त्यस्तै सर्वोकृष्ट डिफेन्टर कमल गाउँपालिकाका विदुर लिम्बु, सर्वोकृष्ट मिटफिल्डर, कमल गाउँपालिकाका सुरज आङ्देम्बे, सर्वाधिक गोलकर्ता शिवसताक्षीका सचिन श्रेष्ठ, सर्वोकृष्ट खेलाडी शिवसताक्षीका श्रवण मल्लिक घोषित भएको आयोजक कमल गाउँपालिकाले जनाएको छ।

प्रतियोगिताको विजेता शिवसताक्षीले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्राप्त गरेको छ, भने उपविजेता कमल गाउँपालिकाले नगद ५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता तथा उपविजेता टिमलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने र शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफेले नगद, ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए । विजेता बने सँगै आगामी वर्षको अन्तरपालिका फुटबल प्रतियोगिता शिवसताक्षी नगरपालिकाले आयोजना गर्ने बताइएको छ ।

प्रतियोगितामा झापा १५ वटै पालिकाको सहभागिता रहेको थियो भने, कमल गाउँपालिकाको गुहेश्वरी आधारभूत विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
236
सम्बन्धित

लोकप्रिय

लोकप्रिय