काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत पुस ८ गते संसद् सचिवालयले आफूलाई सांसदबाट गरिएको निलम्बन फुकुवा माग गर्दै सभामुख देवराज घिमिरेकहाँ निवेदन दिएका छन् ।
रास्वपाका अन्य सांसदहरूसहित सिंहदरबारस्थित संसद् सचिवालय पुगेका उनले आफू थुनामुक्त भइसकेको अवस्थामा सांसद पदबाट गरिएको निलम्ब फुकुवा गरिदिन सभामुखलाई भनेका हुन् ।
‘म निवेदक चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्य हुँ। म निवेदकलाई फौजदारी कसुरको अनुसन्धानका क्रममा मिति २०८१/०७/०२ गते पक्राउ गरिएको भन्ने सूचना संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जिल्ला प्रहरी कार्यालय कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाले सम्माननीय सभामुखज्यूलाई लेखिआएको भन्ने आधारमा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ९२० को प्रयोजनको लागि संघीय संसद ९प्रतिनिधि सभाबाट० मिति २०८१/०७/०३ गते सूचना प्रकाशित गरिएकोमा पुनः मिति २०८१/०९/०८ मा सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ऐन, २०६४ को दफा २७ को कानूनी व्यवस्थाको लागि भनी सूचना प्रकाशित गरिएको व्यहोरा यहाँलाई अवगत नै छ’, रविले पत्रमा भनेका छन्, ‘म निवेदकउपरमा उक्त बमोजिमको फौजदारी कसूरको अनुसन्धान भई देहाय बमोजिमका अदालतहरूमा देहाय बमोजिमको अभियोग (मुद्दा) दायर भई सम्मानित अदालतहरूबाट देहाय बमोजिमको आदेश भई हाल म निवेदक थुनामुक्त भएको व्यहोरासमेत सम्माननीय सभामुखज्यूलाई अवगत गराउँदछु ।’
उनले पत्रमा जिल्ला अदालत कास्की, जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत रुपन्देहीबाट आफूलाई धरौटीमा छाड्न आदेश भएको विवरण पनि उल्लेख गरेका छन् ।