संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

झापा। संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गर्नुभएको हो ।

संघीय संसद् सचिवालयले दुवै सदनको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

संसद् अधिवेशनको सबै तयारी पूरा भएको सचिवालयले जनाएको छ ।

आज प्रधानमन्त्री ओलीसहित दलीय आधारमा सदस्यहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ । यस्तै दुवै सदनमा सरकारका तर्फबाट ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, नीजिकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल येनलाई संशोधन गर्ने अध्यादेश–२०८१ भने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गर्ने कार्यसुची रहेको छ ।

बैठकमा पुर्वसभामुख दमननाथ ढुंगाना तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।

यता प्रतिपक्षी दलहरुले भने सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
43
सम्बन्धित

लोकप्रिय

लोकप्रिय