अर्जुनधारा । झापाको अर्जुनधारामा मञ्जुश्री संवत अनुसार २८६१ नयाँ वर्ष तथा राष्ट्रिय पर्व सोनाम ल्होछार मनाइएको छ ।
नेपाल तामाङ घेदुङ अर्जुनधारा नगर समितिको आयोजनामा तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना आदनप्रदासहित विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल तामाङ घेदुङ अर्जुनधारा नगर समितिका अध्यक्ष बृखबहादुर गोले तामाङको अध्यक्षतामा अर्जुनधारा-९ को कालिस्थान माविको प्राङ्गढमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ कोशी प्रदेश समितिका अध्यक्ष रेखबहादुर तामाङको प्रमुख आतिथ्य र अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको बिशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा तामाङ समुदायका राष्ट्रिय कलाकार रितु तामाङ र बैरागी मोक्तानले तामाङ सेले गाएर सहभागिहरुलाई नचाएका थिए । गायक पदम राईले सांगीतिक प्रस्तुति दिएका थिए । विभिन्न विद्यालयका नृत्य कलाकार तथा स्थानीय कलाकारहरुले सांस्कृति तथा सांगीतिक प्रस्तुती राखेका थिए ।
कार्यक्रम संयोजक सन्त गोम्देन तामाङले स्वागत गर्नुभएको कार्यक्रममा अर्जुनधारा नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङ्देन, नेपाल तामाङ घेदुङ बुद्धशान्तीका अध्यक्ष देवीध्वज तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति झापाका अध्यक्ष जगत तामाङ, नेपाल तामाङ घेदुङ संघिय सदस्य तथा झापा इन्चार्ज देबराज तामाङ र कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङले शुभकामना सहितको भनाई राख्नुभएको थियो ।
सोनाम ल्होछारको अवसरमा सरकारले भोली माघ १७ गते सार्वजनीक विदा दिएको छ।