काठमाडौं । तामाङ समुदायको बाहुल्य रहेको काभ्रेपलाञ्चोक जिल्लाका ९ पालिकाले सोनाम ल्होछार २०८१ का अवसरमा सार्वजनिक बिदा घोषणा गरेका छन् ।
तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, बेथानचोक, महाभारत, खानीखोला, भुम्लु र चौरीदेउराली गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
माघ १६, १७ र १८ गते बिदा दिने निर्णय ती पालिकाले गरेका हुन् ।
माघ १६ गते शहीद दिवस र १७ गते संघीय सरकारले पनि ल्होछारका अवसरमा सार्वजनिक बिदा दिएकोमा स्थानीय सरकारले अतिरिक्त एक दिन सार्वजनिक बिदा घोषणा गरेका हुन् ।