207
Shares
खुदुनाबारी । अर्जुनधारा नगरपालिका-२ स्थित नवज्योती आधारभुत विद्यालयको ५५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विभिन्न कार्यक्रमको आयोजना गर्दै आज मंगलबार विद्यालयले ५५ औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा खेलकुद समापन, पुरस्कार वितरण, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर २ का अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकनाथ कोइरालाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
५५ औं वार्षिकोत्सवकै अवसर पारेर विद्यालयले गत परिक्षामा विद्यालय प्रथम भएकी छात्रा टंककुमारी रिमाल र विद्यालय द्धितिय भएका छात्र निश्चल गुरुङलाई नगद तथा शैक्षीक सामाग्री सहित पुरस्कृत गरिएको थियो । यस्तै वर्ष उत्कृष्ट शिक्षकको रुपमा दीपक मिश्र र सुशीला कुईकेललाई सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट अभिभावकको रुपमा विर्ख बहादुर आले मगर र गंगामाया रमतेललाई समेत विद्यालयले सम्मान गरेको थियो ।
५५ औं वार्षिकोत्सवकै अवसर पारेर २०८० मा कक्षा ५ उत्रिर्णा भई विदा भएका विद्यार्थीहरुलाई शैक्षिक नतिजा पुरस्कार २०८० प्रदान गर्दै विदाई गरिएको थियो ।
कार्यक्रममा विद्यालयले संचालन गरेको खेलकुद सप्ताहमा विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सोहि अवसरमा अभिभावक तथा विद्यार्थीहरु विभिन्न खेलकुद गतिविधिमा सहभागी बनेका थिए । विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिले मनोरञ्जन गराएका थिए ।
कार्यक्रममा गाँजाबारी बेलटार खानेपानी संस्थाका अध्यक्ष योगेन्द्र आचार्य, शान्ति सामुदायिक वन उपभोक्ता समितिकी उपाध्यक्ष लक्ष्मी कन्दङवा लिम्बू, पूर्व विद्यार्थी तथा नेपाल पत्रकार महासंघ झापाका सहसचिव तिलक योञ्जन, कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका शिक्षक दिपक मिश्रले संचालन गर्नुभएको कार्यक्रममा शिक्षक सविता खत्रीले स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
+1
2
+1
+1
207