माइजोगमाईमा एचपिभी खोप सम्बन्धी अन्तरक्रिया

रोशन काफ्ले,

माईजोगमाई । माइजोगमाई गाउँपालिकामा हुमन प्याथोमा भाइसर (एचपिभी) खोपसम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ ।

स्वास्थ्य शाखाको आयोजनामा नयाँबजारस्थित अमर कल्याण माविको भवनमा पालिकास्तरीय खोप समन्वय तथा सरोकारवालाका लागि कार्यक्रम सम्पन्न गरिएको थियो । गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षता तथा उपाध्यक्ष प्रविना राईको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

पछिल्लो समय पाठेघरको मुखको क्यान्सर दिनानुदिन बढ्दो छ । यसको रोकथाम र महामारी नफैलियोस् भनेर ७७ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । खोपको प्रभावबारे माइजोगमाई आधारभूत स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी एस्मिनले जानकारी गराएकी थिइन् ।

एचपिभी खोप महिलालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप हो । यो खोप निःशुल्क रूपमा लगाइँदैछ । इलाम जिल्लाका १० वटै स्थानिय तहमा माघ २७ देखि फागुन २ सम्म खोप कार्यक्रम सञ्चालन हुँदैछ ।

माइजोगमाईमा पहिलो चरणमा विद्यालय तहमा कक्षा ६ देखि १० कक्षा सम्मका किसोरीलाई र विद्यालयबाहिर १० देखि १४ वर्ष उमेरसमूहका किसोरीलाई खोप लगाइने अभियान रहेको स्वास्थ्य शाखा प्रमुख रामशंखर देवले जानकारी दिए ।

एचपिभी खोप नेपाल सरकारको पहलमा चीन सरकारसँग भ्याक्सिन खरिद गरेर सञ्चालन हुँदैछ । पाठेघरको मुखको क्यानसरबाट हालसम्म नेपालमा ३ लाख ११ जनाको मृत्यु भइसकेको र पछिल्लो समय पाठेघरको मुखको क्यासर बढ्दो रूपमा रहेको देवले राजकारी दिए ।

गाउँपालिका अध्यक्ष थेबेले माइजोगमाई गाउँपालिकाभरमा पहिलो चरणमा पाँच सय ४८ जनालाई खोप लगाउने लक्ष्य राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
127
सम्बन्धित

लोकप्रिय

लोकप्रिय