खानेपानी ट्यांकीको खाल्डोमा डुबेर बृद्धको मृत्यु

झापा । तेह्रथुमको छथर गाउँपालिकामा खानेपानी ट्यांकीको खाल्डोमा डुबेर एक बृद्धको मृत्यु भएको छ ।

आज बिहान ११:४५ बजे छथर गाउँपालिका वडा नं.४ परेवाखोप बस्ने ७१ वर्षीय लोकमान लिम्बूको सोही ठाउँमा रहेको परेवाखोपको पहरे खानेपानी ट्यांकीको गेटबल छेउमा सिमेन्टले ढलान गरेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

स्थानीयले टेलिफोनमार्फत अस्थायी प्रहरी पोष्ट शनिश्चरेमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बसन्तपुरबाट टोली गएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
203
सम्बन्धित

लोकप्रिय

लोकप्रिय