झापा । युवा पुस्ताका चर्चित र्यापर पालैपालो बिर्तामोडमा जारी एपोलो पेन्ट्स अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागी बनेका छन् । उनीहरुको प्रस्तुतिले महोत्सवलाई बेग्ले रोनकता प्रदान गरेको छ । हजारौ समर्थकले उनीहरुको प्रस्तुतिलाई रुचाएर महोत्सवलाई थप रौनकता दिएका हुन् ।
गत माघ ८ बाट जारी महोत्सवमा आज माघ १४ गते भाइवर साइमन एण्ड मेक व्याण्ड र अनु चौधरीले बिर्तामोडको माहोल तताउने भएका छन् । उनीहरका झापामा हजारौ हजार समर्थक छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव अवधिभर नै नेपालका सुप्रशिद्ध कलाकारहरुको प्रस्तुति रहने छ । लाहुरे एण्ड कम्पनी र साहिमाको प्रस्तुति यस अघि नै प्रस्तुत गरिएको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए ।
युवा पुस्तामा अधिक रुचाइएका कलाकारको प्रस्तुतिले महोत्सवमा रौनक थप्ने भएपछि आयोजक समितिले यस पटक नेपालका सुप्रशिद्ध कलाकारको उपस्थिति गराएको हो । युवाको क्रेजलाई मध्यनजर गर्दै आयोजक समितिले चर्चित र्यापरलाई महोत्सवमा सहभागी गराएसंगै अहिले युवाको ध्यान महोत्सवमा केन्द्रीत छ ।
विगतका वर्षमा पनि संघले आयोजना गरेको महोत्सवमा कलाकारको प्रस्तुति रहने गरेको थियो । तर, यस पटक युवालाई लक्षित गर्दै कलाकार तय गरिएको हो । यसैगरी माघ १५ गते वेनिषा पौडेल, १६ गते सुसान्त घिमिरे र आशिष अविरल , १७ गते रकेटको प्रस्तुति रहने छ भने १८ गते छेवाङ लामा र द क्रिएटर्स व्याण्ड तथा १९ गते स्वप्न सुमनको प्रस्तुति रहने छ । उनीहरुको प्रस्तुतिले महोत्सवलाई थप रोनकता प्रदान गर्ने विश्वास लिइएको छ ।