सरकारले पाथीभरा केबुलकार विवादमा दुवै पक्षलाई वार्तामा बोलायो

झापा। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले ताप्लेजुङ घटनामा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका छन् । केबुलकार निर्माण पक्ष र संघर्षरत पक्षलाई समस्या समाधानका लागि वार्तामा आउन भण्डारीले आग्रह गरे ।

प्रदेशसभा बैठकमा सांसदहरूले ताप्लेजुङ घटनामा सरकारको जवाफ मागेपछि सदनमा बोल्दै भण्डारीले वार्ताको जानकारी दिएका हुन् । ‘फुङलिङ नगरपालिकामा हिजो साँझ ५ बजेर ५० मिनेटमा प्रहरीमाथि सांघातिक आक्रमण भएपछि प्रहरीले आफ्नो प्रतिरक्षा गर्दा हवाई फायर गर्नु परेको’ भण्डारीले सदनमा भने ।

‘कोशी प्रदेश सरकार यस विषयमा गम्भीर भएको छ,’ उनले भने, ‘घटनाको विषयमा प्रदेश सरकार वार्ताको लागि तयार छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना संयोजक, भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री सदस्य रहेको वार्ता समिति बनाइएको छ ।’

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
180
सम्बन्धित

लोकप्रिय

लोकप्रिय