ताप्लेजुङ झडपका तीन घाइतेलाई सेनाको विमानबाट काठमाडौं लगियो

झापा । ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा पाथीभरा मन्दिरमा केबलकार निर्माणको विरोधका क्रममा घाइते भएका तीन जनालाई बिराटनगरबाट काठमाडौं लागिएको छ।

विराटनगरको नोबेल अस्पतालमा उपचारत सम्भव नभएपछि यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई सेनाको विमानबाट काठमाडौं लागिएको हो।

झडप हुँदा कम्तीमा १८ जना घाइते भएका छन् । झडपमा परी १२ जना प्रहरी र पाँच आन्दोलनकारी घाइते भएका छ्न।

निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
1
+1
0
288
सम्बन्धित

लोकप्रिय

लोकप्रिय