काठमाडौं । अछाममा दुई किशोरी मृत फेला परेका छन्। ढकारी गाउँपालिका-१ को जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी मृत भेटिएका हुन् ।
ढकारी गाउँपालिका-८ का कमल खड्काकी छोरी १४ वर्षीया ईश्वरा खड्का र उदयराम खड्काकी छोरी १४ वर्षीया सरस्वती खड्का शनिबार बेलुकी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
दुवै किशोरी शुक्रबार ढकारी-१ मा पर्ने छिन्ने ओडार जंगलमा गाईबस्तु चराउन गएका थिए। दुवैजना साँझ नफर्किएपछि परवार र आफन्तले खोजी गरेका थिए। यसक्रममा शनिबार साँझ साढे ६ बजेतिर जंगलमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।
अनुसन्धानका लागि अहिले प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको टोली घटनास्थलतर्फ गएको देउवाले बताए।