प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफको पोल्टामा

काठमाडौं । एपीएफले महिला प्रधानमन्त्री कपको उपाधि जितेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्यमा एपीएफले १२.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

एपीएफका लागि ममता चौधरीले अविजित ४३ रन बनाइन् । कप्तान इन्दु बर्माले १८ रन बनाइन् । ओपनर राजमती ऐरीले ४ रनमा रन आउट भइन् ।

यसअघि सुदूरपश्चिम १८.१ ओभरमा ६७ रनमा अलआउट भएको थियो ।

मनिषा बोहराले अविजित १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।

एपीएफका लागि कुविता कुँवरले ३ विकेट लिइन् । सबनम राई र इन्दु बर्माले २–२ तथा करुणा भण्डारी र कविता जोशीले १ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
146
सम्बन्धित

लोकप्रिय

लोकप्रिय