पाथीभरा केवलकार निर्माण विवादः तीन सुरक्षाकर्मीसहित दर्जनौ घाइते

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गरिरहेका समूह र सुरक्षाकर्मीबीच घम्साघम्सी हुँदा स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मीले ४ राउण्ड टियर ग्यास प्रहार गरेका छन्। घटनामा तीनजना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्रप्रसाद शर्माका अनुसार, घरेलु हतियारसहित समूहले केवलकार निर्माणको विरोध गर्दै आक्रामक गतिविधि गरेपछि सुरक्षाकर्मीले नियन्त्रणका लागि हस्तक्षेप गरेका थिए।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सन्दीपा खड्काले घाइते हुनेहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक सोमदेव यादव, सहायक हवल्दार टीकाराम खवास र जवान सञ्जीव बस्नेत रहेको जानकारी दिइन्।

यसैगरि, विरोधी समूह तर्फ केन्द्रसिंह फुरुम्बो, जीतबहादुर केदेम, दीपेश मादेन, शसिहांग पोमू, लकहादुर लिम्बू, राजन लिम्बूसहितका मानिसहरु घाइते भएको पहिचानवादी नेता सरु सिंघंकले जानकारी दिइन्।

प्रजिअ शर्माले घरेलु हतियारसहित बलुडाँडा क्षेत्रमा भेला भएका समूहलाई नियन्त्रणमा लिने प्रयास गर्दा स्थिति तनावपूर्ण बनेको र त्यसै क्रममा टियर ग्यास प्रहार गर्नु परेको बताए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
240
सम्बन्धित

लोकप्रिय

लोकप्रिय