झापा । प्रेस चौतारी नेपाल झापा शाखाको आज बिर्तामोडमा सम्पन्न १०औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले प्रदिप परियारको अध्यक्षतामा जिल्ला कमिटी सर्बसम्मत चयन गरेको हो ।
पत्रकार महासंघ झापाको सचिवसमेत रहेका परियार इजलास दैनिकका सम्पादक हुन् । कमिटीको उपाध्यक्षमा राजु पोखरेल र महिला उपाध्यक्षमा सुनिरा मैनाली चयन भएका छन् भने,सचिवमा युवराज आचार्य, सह(सचिवमा राम निरौला समावेशी सह-सचिवमा तिलक योन्जन तामाङ र कोषाध्यक्षमा सरोज भट्टराई सर्वसम्मत चयन भएका छन् ।
जिल्ला कमिटीका सदस्यहरुमा अस्मिता साँखी, नविन योगी, भरत प्रसाई, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बाँनियाँ, सोम मंग्राती, रबिकिरण बान्तवा, कबिचन्द्र गुरागाई र किशोर उपरकोटी सर्वसम्मत चयन भएका छन् ।