राष्ट्रिय सूचना आयोगका सचिव भट्टराई सम्मानित

शिवसताक्षी । झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नं. ८ ले राष्ट्रिय सूचना आयोगका सचिव कमलप्रसाद भट्टराईलाई सम्मान गरको छ । शिवसताक्षी ८ झिलझिले निवासी भट्टराईले नेपाल सरकारको निजामति सेवाको उच्च पदमा रहेर शिवसताक्षीको विकासका लागि विशेष योगदान पुर्याएकोमा सम्मान गरिएको हो ।

वडा नं. ८ को वडा कार्यालयमा एक कार्यक्रम गरी सचिव भट्टराईलाई वडाध्यक्ष सन्त फेउदिन, वडा सचिव पुष्प पाण्डेलगायतले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेको थियो । कार्यक्रममा वडा नं. ८ वडाध्यक्ष सन्त फेउदिनले वडा नं. ८ का निवासी भट्टराई निजामति सेवाको उच्च पदमा पुग्नु नै हाम्रो लागि गौरव भएको बताए ।

उनले वडा तथा नगर विकासका लागि संघीय सरकारलाई योजना बनाउँदै गर्दा हामीलाई ठूलो सहयोग पुर्याउनु भएको बताए । उनले भने, उहाँ मार्फत नै कतिपय योजनामा हामीले संघीय सरकारबाट र विकास लागि बजेट प्राप्त गरेका छौं । संघीय सरकारबाट वडाले पाउने सुविधा लगायत धेरै विषयहरुमा उहाँबाट सल्लाह सुझाव समेत लिइने गरेको वडाध्यक्ष फेउदिनको भनाई छ ।

सम्मानपछि बोल्दै सचिव कमलप्रसाद भट्टराईले आफु सूचना आयोगमा भइरहँदा आफ्नो नगर तथा वडाका योजनाहरुलाई प्राथमिकतामा राखेर आफ्नै ठाउँको विकास लागि सहयोग पुरयाएको बताए । हामीले काम गर्दा देश भरीकै पालिकाहरुलाई समान ढंगले काम गर्छौ । त्यस्तै शिवसताक्षीमा पनि केही योजनाहरु परे होलान् । उनले भने, आफु योजनामा हुँदा जुन क्षेत्रको सूचना र समस्याहरु माथिल्लो तहसम्म पुग्छन् । स्वाभिक रुपमा त्यस क्षेत्रका समस्याहरुलाई सम्बोधन हुन्छ ।

कार्यक्रममा समाजसेवी पर्शुराम ढुंगानाले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडाका कर्मचारी कुमारसिं साँवाले गरेका थिए । कार्यक्रममा वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
97
सम्बन्धित

लोकप्रिय

लोकप्रिय