झापामा १२६४ सवारी मापसे कार्वाहीमा, ८ लाखभन्दा बढी राजश्व संकलन

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मादक पदार्थ सेवन(मापसे) कार्वाहीबाट ६ महिनामा ८ लाखभन्दा बढी राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्म ट्राफिक प्रहरी कार्यालयले मापसे कार्वाहीबाट ८ लाख ६ हजार ५सय रुपैयाँ राजश्व संकलन गरेको हो ।

६ महिनाको अवधिमा १ हजार २६४ वटा सवारी साधनलाई कार्वाही गर्दा त्यति राजश्व संकलन भएको प्रहरी निरीक्षक गणेश पौडेलले बताए । सबैभन्दा बढी पुष महिनामा मापसे कार्वाहीबाट राजश्व संकलन भएको छ भने सबैभन्दा कम असोज महिनामा संकलन भएको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार साउनमा १ लाख ८४ हजार ५००, भदौमा ८६ हजार, असोजमा ६४ हजार, कात्तिकमा १ लाख २३ हजार, मंसिरमा १ लाख ६१ हजार ५०० र पुषमा १ लाख ८७ हजार ५०० रुपैयाँ संकलन भएको छ ।

त्यस्तै सबैभन्दा बढी मोटरसाइकल कार्वाहीबाट राजश्व संकलन भएको प्रहरी निरीक्षक पौडेलले बताए । उनका अनुसार ७३७ वटा मोटरसाइकललाई कार्वाही गर्दा ४ लाख ८१ हजार ५०० रुपैयाँ संकलन भएको छ ।

त्यसपछि ३०३ वटा जिप, कार र भेनलाई कार्वाही गर्दा १ लाख ९१ हजार, ११९ वटा टेम्पो, अटो र सिटीरिक्सालाई कार्वाही गर्दा ७१ हजार, ४७ वटा ट्रकलाई कार्वाही गर्दा ३० हजार ५००, ४६ वटा ट्रयाक्टरलाई कार्वाही गर्दा २५ हजार, ११ वटा टिपरलाई कार्वाही गर्दा ७ हजार र एउटा बसलाई कार्वाही गर्दा ५०० रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैबीच गत पुष १२ गते कमल गाउँपालिका–३ केर्खामा २८ जना चालक र सहचालकलाई लागूपदार्थ सेवन चेकजाँच गर्दा १४ जनामा पोजेटिभ भेटिएको र उनीहरुलाई कानुनबमोजिम म्याद थप गरी मुद्धा चलाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय