झापा । कठिन जित निकाल्दै यहाँ सम्पन्न दोस्रो पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी राजगढ फुटबल क्लबले जितेको छ ।
बुधबार भएको उपाधी भिडन्तमा राजगढले तिवारीभञ्ज्याङ फुटबल क्लबलाई सदन डेथमा हराउँदै उपाधी जित्न सफल भएको हो ।
त्यसअघि पौवादुङमा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछिको टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा राजगढले तिवारीभञ्ज्याङलाई ४-३ ले हराउँदै उपाधी जित्न सफल भयो ।
विजेता बनेको राजगढले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता तिवारीभञ्ज्याङले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक राजगढका योगेश धिमाल बन्दा उत्कृष्ट डिफेण्डर राजगढ कै धिरेन क्षेत्री चुनिए । उत्कृष्ट मिडिफिल्डर पनि राजगढ कै हेमन्त लिम्बू बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार कोट कालिका एफसीका अमित बेसरले हात पारे ।
त्यस्तै उत्कृष्ट प्रशिक्षक राजगढका बाबा डिआर थारु चुनिदा उदियमान खेलाडी पौवादुङमा कै आशाहाङ राई बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने तिवारीभञ्ज्याङका उमेश कार्की घोषित भए ।