एमालेले भदौ २० देखि २२ गतेसम्म बिधान महाधिवेशन गर्ने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले विधान महाधिवेशनको मिति तय गरेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलवार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीको सनराइज हलमा बिधान महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

एमालेले दशौं महाधिवेशनअघि बिधान महाधिवेशन गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा आउनु भएपछि एमालेले छुट्टाछुट्टै रुपमा नेतृत्व चयनका लागि महाधिवेशन र बिधान संशोधनका लागि बिधान महाधिवेशन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय