सिक्किममा झापा ११ ले जित्यो चिफ मिनिस्टर गोल्डकपको उपाधि

झापा । सिक्किमको नाम्चीमा सम्पन्न १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि नेपालको झापा ११ फुटबल क्लबले जितेको छ ।

जोरेथाङ रंगशालामा मंगलबार भएको फाइनल खेलमा झापाले अर्को नेपाली टोली चर्च ब्वाईज युनाइटेड क्लबलाई २-० गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । झापाको जितमा सन्तोष खत्री र प्रदिप बुढाथोकीले गोल गरेका हुन् ।

विजेता बनेको झापाले उपाधिसहित नगद २० लाख भारतीय रुपैयाँ (नेरु ३२ लाख) हात पारेको छ भने उपविजेता चर्च ब्वाईजले १० लाख भारतीय रुपैयाँमा चित्त बुझाएको छ ।

फाइनल प्रवेश गर्ने क्रममा झापाले सुदेवा एफसी, दिल्लीलाई हराएको थियो भने चर्च ब्वाईजले इन्टरनेशनल फुटबल क्लब, पञ्जाबलाई हराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
112
सम्बन्धित

लोकप्रिय

लोकप्रिय