खो खो विश्वकपको उपाधि चुम्न चुक्यो नेपाल

काठमाडौं । नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता बनेको छ । नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आयोजक भारतसँग ७८–४० ले पराजित भयो । भारतले अपराजित रहँदै उपाधि जितेको हो ।

नेपाली महिला टोलीले पहिलो विश्वकप सहभागितामै रजत जितेर इतिहास रचेको छ । नेपालले सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

महिला खो खो टोली सरस्वती कडायतको कप्तानीमा विश्वकप खेलेको हो । टोलीमा मानमती धामी, पूजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक,खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले छन् ।

महिला टिम प्रशिक्षकमा लक्ष्मीनारायण बैद्य हुन् । नेपालको पुरुष टोलीले पनि आजै भारतसँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
59
सम्बन्धित

लोकप्रिय

लोकप्रिय