सन्यासको आशयदिने सन्दीपको स्टाटस, क्रिकेट समर्थकमा तरंग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिने आशयसहित सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

उनले शनिबार मध्यराति दर्शकहरूसँगको तस्वीर सेयर गर्दै आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।

‘सबै कुराका लागि सबैलाई धन्यवाद । यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा सधैँ साथ दिए, अटल सहयोग प्रदान गरे’, सन्दीपले फेसबूकमा लेखेका छन्, ‘तपाईंहरूको माया र हौसला मेरा लागि अमूल्य छन् र सधैँ मेरो हृदयमा विशेष स्थान ओगटिरहनेछन् । शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु ।’

भर्खरै २४ वर्षको उमेरमा हिँडिरहेका सन्दीपले सन्यास आशयको स्टाटस लेख्नुलाई स्वाभाविक मानिएको छैन । यसले क्रिकेट समर्थकमा तरंक पैदा गरेको छ । यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

पछिल्लो समय राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका सन्दीपले जय ट्रफी प्रतियोगितामा अम्पायरले गरेको निर्णयप्रति सामाजिक सञ्जालमार्फ असन्तुष्टि जनाएका थिए ।

उनले नेपालको अम्पायरिङको स्तरमा ठूलो सुधार आवश्यक रहेको बताएका थिए ।

एकदिवसीय खेलमा सबैभन्दा कम खेल खेल्दै १०० विकेट लिएर विश्वकीर्तिमान बनाएका सन्दीपको खेल पछिल्लो समय भने खस्किएको छ ।

गत महिना सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)मा पनि उनले खराब प्रदर्शन गरेका थिए । हालै सकिएको जय ट्रफीमा भने उनले औसत प्रदर्शन गरे ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
69
सम्बन्धित

लोकप्रिय

लोकप्रिय