आप्रवासीलाई अमेरिकाबाट निकाल्ने ट्रम्पको घोषणा

डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो गैरकानूनी आप्रवासीलाई देश बाट निकाल्ने घोषणा गरेका छन्।

ट्रम्पको शपथग्रहणको दिनदेखि नै गैरकानूनी आप्रवासीहरूको पक्राउ र डिपोर्टेशन सुरु हुने भएको छ। यो अभियान सिकागोबाट सुरु हुने घोषणा गरिएको छ।

अवैध आप्रवासीसँग सम्बन्धित विषय हेर्न उनले टम होमनलाई बोर्डर जार (अमेरिकी सीमाहरूको इन्चार्ज) तोकिसकेका छन्। होमन अवैध आप्रवासीहरूप्रति कठोर व्यक्तिका रूपमा परिचित छन्। उनले यसअघि नै एक विज्ञप्तिमार्फत अवैध आप्रवासीहरूले आफ्नो झोला प्याक गर्दै गरे हुन्छ भन्ने चेतावनी दिइसकेका छन्।

ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्नेबित्तिकै उनले लाखौँलाई निकाला गर्ने योजनालाई छिटो कार्यान्वयन गर्न कार्यकारी आदेश जारी गर्नेछन्। यस्तो अवस्थामा गैरकानूनी रूपमा अमेरिका आएर लामो समयदेखि त्यहाँ बसोवास गरिरहेका मानिस भयभीत छन्। तिनीहरूमध्ये धेरैलाई सबै थोक गुमाउने डर छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
97
सम्बन्धित

लोकप्रिय

लोकप्रिय