फिफा रेफ्री श्याम दनुवारलाई अर्जुनधारामा नगदसहित सम्मान

झापा । अर्जुनधारा नगर खेलकुद विकास समितिले फिफा रेफ्री श्याम दनुवारलाई सम्मान गरेको छ ।

अर्जुनधारा–६ निवासी दनुवारलाई समितिकोतर्फबाट नगद पुरस्कार २१ हजारसहित सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको प्रतियोगितामा रेफ्रीको माध्यमबाट पु¥याएको योगदानसँगै अर्जुनधाराको गरिमालाई विश्वमा परिचित गराउन सफल भएकोमा समितिले सम्मानित गर्ने निर्णय गरेको नगर खेलकुद विकास समितिका सदस्य सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।

समितिको आयोजनामा सम्पन्न नगरस्तरिय अन्तर माध्यमिक विद्यालय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८१को समापन तथा फाइनल खेलको अवसर पारेर उनलाई सम्मान गरिहएको हो ।

झापा जिल्लाबाट फिफा रेफ्री बन्ने उनी पहिलो व्यक्ति हुन् । यसअघि मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका थिए । मुख्य रेफ्री भए पनि उनी माथिल्लोस्तरको प्रतियोगितामा पहिलो रोजाइका रेफ्री रहँदै आएका थिए ।

फिफाले जारी गरेको फिफा रेफ्री सूचीमा नेपालको तर्फबाट झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्षसमेत रहेका दनुवार परेका थिए ।

अर्जुनधारा ६ का दनुवार यसअघि एन्फा ए ग्रेड रेफ्री हुन् । उनले सन् २०१८ मा नेसनल कोर्स गरेका थिए । चार वर्षयता एन्फा ए ग्रेड रेफ्री उनले २०६८ सालदेखि निर्णायकको भूमिका निभाउँदै आएका छन् । झापाको फुटबलको इतिहास निक्कै पुरानो रहेको र खेलाडीहरु अन्तर्राष्ट्रियस्तरका भए पनि रेफ्री भने फिफा सूचीमा पर्न सकेका थिएनन् ।

अर्जुनधारा–९स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको नमूना खेलमैदानमा शनिबार सम्पन्न समारोहमा कार्यक्रमका प्रमुख अतिथि अर्जुनधाराका मेयर बलदेव गोम्देन तामाङ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायतले दनुवारलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा–६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, नगर कार्यपालिका सदस्यद्वय कौशिलाल परियार र गौरीमाया चिमरीया, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भगिरथ आले मामा, नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागिरमान राईलगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
68
सम्बन्धित

लोकप्रिय

लोकप्रिय