सिंहदेवीले जित्यो अन्तर मावि नकआउट फुटबलको उपाधि

अर्जुनधारा । झापाको अर्जुनधारामा सम्पन्न नगरस्तरिय अन्तर माध्यमिक विद्यालय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८१को उपाधि अर्जुनधारा–१स्थित सिंहदेवी माध्यमिक विद्यालयले जितेको छ ।

अर्जुनधारा–९स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको नमूना खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा अर्जुनधारा–६स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सिंहदेवीले उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । विजेता सिंहदेवीका लागि खेलको २०औं मिनेटमा गणेश गजमेर र उपविजेता लक्ष्मीका लागि खेलको ४७औं मिनेटमा प्रभुसन राईले गोल गरेका थिए ।

प्रतियोगिताका विजेता सिंहदेवी र उपविजेता लक्ष्मीले नगद पुरस्कार क्रमश ३० हजार र २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी गणेश गजमेर(सिंहदेवी), फाइनलको उत्कृष्ट खेलाडी अंकित राई(सिंहदेवी), उत्कृष्ट गोलरक्षक सन्दिप तामाङ(सिंहदेवी), उत्कृष्ट रक्षक सुनील लोहार(सिंहदेवी), उत्कृष्ट मिडफिल्डर प्रज्वल राई(लक्ष्मी), उत्कृष्ट फरवार्ड प्रभुसन राई(लक्ष्मी) र सर्वाधिक गोलकर्ता प्रकाश हस्दा(शनिश्चरे मावि)ले जनही नगद पुरस्कार दुई हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै १४ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको फेयर प्ले टीम अर्जुनधारा–११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालयलाई नगद पुरस्कार पाँच हजारसहित प्रशंसा पत्र प्रदान गरिएको थियो । आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा–६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, नगर कार्यपालिका सदस्यद्वय कौशिलाल परियार र गौरीमाया चिमरीया, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भगिरथ आले ‘मामा’, नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागिरमान राईलगायतले पुरस्कारहरु वितरण गरेका थिए ।

समितिका सल्लाहकार वीरबहादुर राईले स्वागत गरेको उक्त कार्यक्रममा सहभागी अन्य विद्यालयहरुलाई पनि सहभागिताको प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सदस्य सचिव लिङदेनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय