काठमाडौं । जिल्ला कृषि कार्यालय दैलेखका कार्यालय प्रमुख राजु भुजको कार्यालयमै काम गरिरहेको अवस्थामा निधन भएको छ ।
गत आइतबार दिउँसो कार्यालयको कामका शिलशिलामा कुर्सीमै एक्कासी बेहोस भएका भुजको तत्कालै निधन भएको जनाइएको छ ।
जिल्ला कृषि कार्यालयका कार्यालय प्रमुख समेत रहेका भुज एक्कासी कुर्सीमै बेहोस् भएपछि अस्पताल लगिँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।
दैलेख दुल्लुका ५५ वर्षीय भुजको हृदयघातका कारण निधन भएको प्रारम्भिक अनुमान रहेको छ । घटना दिउँसो करिब साढे १ बजेतिर भएको सोही कार्यालयमा कार्यरत एक कर्मचारीले बताए ।