समाजवादी प्रेस संगठनका अध्यक्ष, उपाध्यक्ष र महासचिव नै चौतारीमा प्रवेश

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई धक्का लागेको छ । उक्त पार्टीनिकट समाजवादी प्रेस संगठनमा भुइँचालो जाँदा अध्यक्ष र महासचिव नै नेकपा एमालेनिकट प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

यसअघि नै आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले नेपाल पत्रकार महासंघको महाधिवेशनताका संगठन छाडिसकेको अवस्थामा अहिले अध्यक्ष, उपाध्यक्ष र महासचिव नै चौतारीमा फर्किएका हुन् ।

अध्यक्ष सुवेदीसहित समाजवादी प्रेस संगठनका वरिष्ठ नेता नरेन्द्र साउद, उपाध्यक्ष सविन शर्मा र महासचिव रामकुमार एलन पनि चौतारीमा फर्किएका छन्। सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशीष गुरागाईं, सौगात मिश्र र नरेन्द्र विष्टलाई पनि बागबजारमा आयोजित कार्यक्रममा चौतारीमा स्वागत गरिएको छ ।

यसअघि सुवेदी प्रेस चौतारीको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षसमेत भएका थिए । तत्कालीन अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले२०७७ पुस ५ गते संसद् विघटन गरेका बेला सुवेदी विद्रोही समूहतिर थिए । त्यसबेला उनले नेकपाको प्रेस संगठनमा पुष्पकमल दाहाल प्रचण्ड(माधमव नेपाल समूहको नेतृत्व गरेका थिए ।

तर विवाद बढ्दै जाँदा एमाले फुटेपछि प्रेस चौतारीको तत्कालीन समूह माधव नेपालसँगै गएर समाजवादी प्रेस संगठन बनाएका थिए । तर अब तिनै संगठनका नेताहरू चौतारीमै फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
76
सम्बन्धित

लोकप्रिय

लोकप्रिय