भोजपुर । दिङ्ला ब्याडमिन्टन संघको आयोजनामा माघको १४ गतेदेखि १६ गतेसम्म खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । षडानन्द नगरपालिकाको मुख्य प्रायोजना तथा षडानन्द नगरपालिका वडा नं. ४ को प्रायोजनमा सहित दिवसको अवसरमा प्रतियोगिता सञ्चालन हुने भएको छ ।
दिङ्ला ब्याडमिन्टन संघले बिहिबार पत्रकार सम्मेलन आयोजना गर्दै आठौं संस्करणको सार्वजानिक गरेको छ । आठौं संस्करणको प्रतियोगितामा पुरुष तर्फ खुल्ला डवल्स, खुल्ला बि डिभिजन, १५ बर्ष मुनिका र मिक्स डवल्स विधामा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा खुल्ला तर्फको पुरस्कार क्रमशः प्रथम द्धितीय र सेमिफाईनलिष्टलाई ५० हजार, ३० हजार र १५/१५ हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । त्यस्तै बि. डिभिजन तर्फ प्रथम, द्धितीय र सेमिफाईनलिष्टले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सय सात हजार ५ सय साथमा शिल्ड मेडल र प्रमाण–पत्र पाउनेछन् ।
प्रतियोगिताको मिक्स डवल्सतर्फ प्रथम हुने टिमले नगद रु. २० हजार, द्धितिय हुने टिमले नगद रु. १५ हजार र सेमिफाईनलिष्ट टिमले ७ हजार ५ सय सात हजार ५ सय साथमा शिल्ड मेडल र प्रमाण पत्र पाउनेछन भने १५ बर्ष मुनिका पुरुष तर्फको प्रतियोगितामा प्रथम, द्धितिय र सेमिफाईनलिष्टले क्रमशः १० हजार ५ हजार र ३/३ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।
संघले पत्रकार सम्मेलन मार्फत संघको अवस्था यहाँसम्म ल्याउनको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ साथै यो आठौं संस्करणलाई सफल पार्न सहयोगको अपिल समेत गरेको छ ।