शिवसताक्षी नगरपालिकाको दमकल सेवा प्रभावकारी

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा दमकलको सक्रियता र प्रभावकारीताले पछिल्लो समयमा ७७ स्थानमा भएका आगलागी नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

शिवसताक्षी नगरपालिकाले स्थानीय बासिन्दाहरूको जीवनरक्षाका लागि दमकलको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफु निर्वाचत भए पश्चात पहिलो काम नै दमकल खरिद गर्ने निर्णय गरेका थिए ।

अघिल्लो आर्थिक वर्षमा ४० स्थान र चालु आ.व. ३७ स्थानमा आगलागी नियन्त्रण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

दमकल टोलीका कमाण्डर नवराज लामिछानेका अनुसार दमकलले नगर भित्रमा नभई झापा जिल्ला र अन्य स्थानहरुमा समेत आगलागी नियन्त्रणको काम गर्दै आएको छ ।

विगतमा नगरपालिकामा दमकल नुहँदा यहाँका नागरिक आगलागीबाट ज्यान गुमाउनु परेको तितो यतार्थ हामीसँग छ । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले भने, त्यसका कारण पनि नगरले नागरिकको जीउ धनको सुरक्षाका लागि पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

आगलागी नियन्त्रणका लागि प्राविधिक तालिम प्राप्त टोली र अत्याधुनिक उपकरणको प्रयोगले कामलाई सहज बनाएको छ । नगरपालिकाले समयमै दमकल परिचालन गर्न सकेका कारण धेरै ठूला दुर्घटनाबाट जोगाउन सकिएको नगर प्रमुख थोप्राको भनाई छ । नगरप्रमुखका अनुसार नगरमा दमकल कसैले पनि आगलागीबाट ज्यान गुमाउनु परेको छैन भने, ठूलो धन राशीको पनि क्षति भएको छैन ।

स्थानिय बासिन्दाहरूले पनि दमकल सेवाको प्रशंसा गर्दै नगरपालिका र दमकल टोलीलाई धन्यवाद दिएका छन् । समुदायमा तत्काल सहायता पुर्‍याएर दमकल सेवाले विश्वास जितेको नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका सभापति गोविन्द काफ्लेले बताए । प्रकृति प्रकोप, आगलागी, दुर्घटना लगायतका घटनाहरु रेडक्रस, प्रहरी, दमकल, एम्बुलेन्स जस्ता सेवाहरु एक अर्कामा परिपुरक भएकाले शिवसताक्षी नगरपालिकाले दमकले दिएको सेवा प्रशंसा योग्य रहेको सभापति काफ्लेको भनाई छ । उनले आपत्कालिन सेवालाई थप प्रभावकारी बनाउन दमकलका कर्मचारीहरुलाई थप तालिमको आवश्यक रहेको समेत जानकारी दिए ।

गएको पौष २० गते धार्मिक तथा पर्यटकीय क्षेत्र भित्र रहेको श्रीसताक्षीधाम गोवद्र्धन गौशालाको गाई गोठमा आगलागी भएको थियो । शिवसताक्षी नगरपालिकालको दमक चाडै पुग्दा ठूलो क्षतिहुन बाट बचेको गावद्र्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशोश भारद्वजले जानकारी दिए । आगो लागेकोे १५ मिनट मै शिवसताक्षी नगरपालिकालकाको दमकल आइपुग्यो । ठूलो क्षति हुन पाएन, भारद्वजले भने, एउटा गाईको खुट्टामा आगोले भेटायो, सामान्य चोट लाग्यो ।

गौशालामा कुटी काट्ने क्रममा विद्युत सट भई आगो लागेको थियो । पहिले नगरमा दमकल नहँुदा दमक तथा विर्तामोडबाट दमकल बोलाउनु पर्ने बाध्यता थियो । दमकल घटना स्थलमा आइपुग्दा सबै खरानी भइसक्थ्यो । अहिले त्यस्तो अवस्था नभएको भारद्वजले बताए ।

२०८१ भाद्र २ गते शिवसताक्षी ८ झिलझिले बजारमा रहेको मोहन मैनालीको घरमा आगलागी भएको थियो । जसमा समयमै दमकल आइपुग्दा घरको माथिल्लो भाग जल्दा जल्दै आगो नियन्त्रण गरियो । घर पुरै जल्न पाएन ।

शिवसताक्षीमा गाई गोठ, परालको कुन्यू, धानको कुन्यूमा बढी आगलागी भएको पाइएको छ । दमकका चालक हरिकृष्ण घिमिरेका अनुसार छिटपुटरुपमा मात्रै घरमा आगलागी भएका छन् । दमकलका कर्मचारीहरु सँधै तैनाथ अवस्थामा रहने आगलागी भएको सुचना पाए लगत्तै घटना स्थलमा पुग्ने गरिएको छ । नगरको दमकलले नेपालमा मात्रै होइन भारतको डाकुपाडा भन्ने स्थानमा समेत आगालागी हुँदा सेवा प्रवाह गरेको चालक घिमिरेले जानकारी दिए ।

२०७५ साल मंसिर ९ गते राती शिवसताक्षी ७ स्थित लालझोडामा खनालको घरमा आगलागी हुँदा समयमा दमकल नआउँदा शिशुसहित एउटै परिवारका सबै ४ जनाले ज्यान गुमाउनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
163
सम्बन्धित

लोकप्रिय

लोकप्रिय