हाल्दिबारी । हल्दिबारी गाउँपालिकामा एक हजार बिगाहमा तोरी खेत गरिएको छ । गाउँपालिकाका ५ वटै वडामा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) ले बताउनु भएको छ ।
गाउँपालिका र वडा कार्यालयले अनुदानमा ४६९० किलोग्राम तोरीको बिउ बितरण गरेको थियो। प्रति बिगाह ६५० किलोग्राम तोरी उत्पादन हुने प्रारम्भिक अनुमान कृषि शाखाले गरेको शाखाका प्रमुख छबिलाल गुरुङ्गले बताउनु भएको छ । उहाका अनुसार हल्दिबारीमा तोरी खेतीका लागि माटो समेत उपयुक्त रहेको र अहिले यहाँका किसानका खेतबारीमा तोरी फुलेर पहेँलपुर भएका छन।
हल्दिबारी ५ का कृषक यादब नेपालले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने बिश्वास व्यक्त गर्दै मुल्य र अरु बाली जस्तो झनझटिलो नहुने हुँदा केही बर्ष देखि किसानहरुको तोरी खेतीमा आकर्षण बढदै गएको बताउनुभयो । गत बर्ष प्रति मन ६ हजारका दर तोरी बिक्रीवितरण भएको थियो।
तोरी उत्पादनसंगै हल्दिबारीमा एकता बहुउदेश्यीय सहकारी र प्रभात बहुउदेश्यीय सहकारीले तोरीको तेल उत्पादन, प्रशोधन र बिक्रीवितरण सुरु गरेका छन। कृषकबाट खरिद गरेर तेल उत्पादन तथा बिक्रीवितरण गर्दै आएको एकता बहुउदेश्यीय सहकारीका अध्यक्ष हरिकृष्ण अधिकारीले बताउनुभयो।उहाका अनुसार व्यवसायीक प्रयोजनका लागि प्रति लिटर ३५० र खुद्रा प्रति लिटर ३६० का दरले तोरीको तेल बिक्रीवितरण गर्दै आएको छ ।
फोटो : नेत्र बिक्रम