अर्जुनधारामा सुरु भयो अन्तर मावि फुटबल प्रतियोगिता

अर्जुनधारा । झापाको अर्जुनधारामा आजबाट अन्तर मावि पुरुष नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा अर्जुनधारा–९ को नमुना खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

आजबाट सुरु भएको प्रतियोगिताको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटनमा नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, रेफ्री संघका केन्द्रीय सदस्य प्रदीप बस्नेत, फिफा रेफ्री स्याम दनुवार, नगर खेलकुद बिकास समिति सदस्यहरु सुरेन राई, विराज सुवेदी, निशा तामाङ, दिपेन दनुवार, सल्लाहकार वीरबहादुर राई लगायत प्रतियोगितामा सहभागि बिद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पहिलो दिन ५ वटा खेल भएका छन् । आज भएको ५ खेलबाट सिंहदेवि मावि, महारानीगञ्ज मावि, कालिका मावि, शनिश्चरे मावि र रुपरत्न मावि विजयी बनेका छन् । ५ वटा टिम विजयी बन्दा एक खेल भने वाकओभरमा गएको छ । स्वस्तीका मावि शनिश्चरे खेलमा उपस्थित नभएपछि जनता मावि खुदुनाबारीले वाकओभर पाएको नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

आज भएका अन्य ५ खेलमा सिंहदेवि माविले प्रगती माविलाई पराजित गर्दा, महारानीगञ्ज माविले भानु मावि, कालिका माविले प्रतिभा नमुना मावि, शनिश्चरे माविले एम्स एकाडेमी र रुपरत्न माविले ब्रिलियन्ट माविलाई पराजित गरेको लिङ्देनले बताए ।

माघ ५गते सम्पन्न हुने प्रतियोगितामा नगरका निजी र सामुदायिक गरि १४ वटा बिद्यालयका खेलाडी बिद्यार्थीहरुको सहभागिता रहेको आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए । खेल क्षेत्रको प्रवर्दन गर्ने उदेश्यसहित खेलाडी छनोट तथा प्रशिक्षणलाई समेत सहज बनाउनका लागि प्रतियोगिता संचालन गरिएको धिमालले बताए ।

प्रतियोगितामा भोली क्वाटरफाइनलका खेलहरु हुनेछ । भोलिको पहिलो खेलमा सिंहदेवी माविले न्युहोप माविसंग प्रतिस्पर्धा गर्ने छ । दोस्रो खेलमा जनता मावि र लक्ष्मीपुर मावीबिच खेल हुँदा तेस्रो खेलमा कालिका मावि र शनिश्चरे माविले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै क्वाटर फाइनलको अन्तिम खेलमा रुपरत्न मावि र महारानिगञ्ज मावि बिच खेल हुने नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

न्युहोप र लक्ष्मी मावि खेल तालिकाको बाईमा पर्दै सोझै क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । स्थानीय गोलधाप युवा परिवारले प्रतियोगितामा व्यवस्थापकीय भुमीका निर्वाह गरेको छ ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार र उपविजेताले २० हजार पाउने छन् । प्रत्येक खेलको प्लेयर्स अफ दि म्याचले नगद १ हजार र फाइनलका प्रत्येक बिधाका उत्कृष्ट खेलाडि र अफिसियलले जनही २ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
144
सम्बन्धित

लोकप्रिय

लोकप्रिय