खुदुनाबारीमा पहिलो पटक सामुहिक रुपमा मनाइयो मिनाम ल्हेस (माघे संक्रान्ती)

अर्जुनधारा । झापाको खुदुनाबारीमा पहिलो पटक सामुहिक रुपमा माघे संक्रान्ती (मिनाम ल्हेस) पर्व मनाइएको छ ।

नेपाल मगर संघ अर्जुनधारा २ नम्बर वडा समितिको आयोजनामा पहिलो पटक भव्य रुपमा माघे संक्रान्ती पर्व मनाइएको हो । मगर समुदायले मिनाम ल्हेस ५०१८ (माघे संक्रान्ती २०८१) मनाएका हुन् ।

अर्जुनधारा २ स्थित बेल्टार र गाँजाबारीलाई जोड्ने टाङटिङ् खोलाको झोलुङ्गे पुल नजिकै रहेको मैदानमा विभिन्न कार्यक्रमको आयोजना गर्दै माघे संक्रान्ती मनाइएको हो ।

पर्वको अवसरमा शुभकामना आदन-प्रदान गर्दै विभिन्न सांस्कृतिक कार्यक्रम भएको थियो । सो अवसरमा तरुलका विभिन्न परिकार र अन्य खाद्यान्य खाने र खुवाउने गरिएको थियो ।

छेलो हान्ने, म्युजिकल चेयर लगायतका खेलहरु समेत संचालन भएका थिए । पुरुष तर्फको छेलो हान्नेमा गोपाल लायो मगर प्रथम र महिला तर्फको म्युजिकल चियर खेलमा रुपा सुसिलिङ मगर प्रथम भएको आयोजक समिति सदस्य तथा कार्यक्रम संचालक सन्तोष आले मगरले जानकारी दिनुभयो ।

आलेका अनुसार कार्यक्रममा नेपाल मगर संघमा आवद्ध रहेका अर्जुनधारा २ का करिब डेढ सय मगर परिवारसहित विभिन्न जातजातिको उपस्थिति रहेको थियो । अर्जुनधारा २ को मिलन्चौक, लाप्चेटार, साठ्ठीमुरे, गाँजाबारी लगायतको स्थानमा मगरहरुको बाक्लो बसोबास रहेको छ । यो क्षेत्र मगर समुदायको बाहुल्य रहेको स्थान हो ।

सामुहिक रुपमा मनाइएको माघे संक्रान्तीले सांस्कृतिक एकताको सन्देश दिएको छ । पछिल्लो समय लोप हुँदै गएको नेपालीहरुको संस्कार संस्कृतिको संरक्षण र जर्गेनाका निमित्त समुदाय स्तरबाट सामुहिक पर्व मनाइनाले साँस्कृतिक संरक्षणमा समुदाय जागरुप बनेको सन्देश प्रवाह गरेको छ । कार्यक्रममा मगर समुदायको भाषा, भेषभुषा र संस्कारसमेटीएका विभिन्न सांगितिक तथा साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । विभिन्न खेल र प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो ।

नेपाल मगर संघ अर्जुनधारा २ का अध्यक्ष प्रेम सुसिलिङ मगरको अध्यक्षता तथा नेपाल मगर संघ झापाका निवर्तमान अध्यक्ष जगत राना मगरको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा अर्जुनधारा २ का वडाअध्यक्ष नरेन्द्र कुमार श्रेृष्ठको बिषेश आतिथ्य रहेको थियो ।

त्यस्तै अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य विमला रोक्का, वडा सदस्यहरु प्रेम उपरकुटी, शर्मिला सुब्बा लगायतको आतिथ्य रहेको थियो । पत्रकार महासंघ झापाका सहसचिव तिलक योञ्जन, मगर समुदायका अग्रज रुपनारायण समाल, सामाजिक व्यत्ति महेन्द्र आङ्दाङ्बे, रेडक्रस खुदुनाबारीका निवर्तमान अध्यक्ष मुकुन्द भण्डारी, शान्ति सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष लक्ष्मी कन्दङ्वा लिम्बू, नेकपा एमालेका नेत्र पौडेल, नेपाली कांग्रेसका रमेश फुयाल लगायत विभिन्न राजनैतिक दल र संघ-संस्थाका प्रतिनिधिहरु आतिथ्य एंव  सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
61
सम्बन्धित

लोकप्रिय

लोकप्रिय