झापा गोल्डकपको अध्यक्षमा केदार गिरी र सचिवमा बुद्ध तामाङ निर्विरोध

बिर्तामोड । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्विरोध निर्वाचित भएका छन् । आज बिहान अध्यक्षका दुईजना उम्मेदवार र सहजकर्ताबीच भएको छलफलमा गिरीलाई अध्यक्ष बनाउने सहमति भएको हो ।

झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिएका थिए ।निर्वाचन समितिले आज बिहान मतदान गर्ने समय तोके पनि सर्वसम्मत भएपछि मतदान नहुने बताइएको छ।

त्यस्तै, सचिवका उम्मेदवार प्रकाश शिवाकोटीले नाम फिर्ता लिएपछि अर्का उम्मेदवार बुद्ध तामाङ पनि निर्विरोध निर्वाचित भइसकेका छन् । शिवाकोटीले हिजो नाम फिर्ता लिएका हुन् । 

अध्यक्ष र सचिवमा सर्वसम्मत भएपछि कोषाध्यक्ष र सहसचिव तथा सदस्यमा पनि सर्वसम्मतको प्रयास भइरहेको छ । आठजना सदस्य पदमा १२ जना उम्मेदवारहरुबीच छलफल भइरहेको छ ।

यसअघि पुस २९ गते मनोनयन दर्ताकै दिन वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) निर्विरोध भएका थिए । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए ।

सहमतिको प्रयासका लागि निर्वाचन समितिले पटकपटक समयसमय थप गर्दै कार्यतालिका सार्वजिनक गरेको छ ।

सहसचिवमा वर्तमान कार्यसमिति सदस्य यादव पोखरेल र विष्णु सिग्देल तथा कोषाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य चन्द्रमणि कट्टेल र बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
133
सम्बन्धित

लोकप्रिय

लोकप्रिय