‘स्वच्छ समाजका लागि सामाजिक अभियान’लाई भाण्डारीको सहयोग

बिर्तामोड । बिर्तामोडका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व गौरीप्रसाद तथा लक्ष्मी भण्डारीले छोराको जन्मदिनमा ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’लाई आर्थिक सहयोग गरेका छन् ।

आज शनिबार पर्न गएको छोरा सन्देशको जनदिनको अवसर पारेर अभियानलाई गौरीले ३५ हजार सहयोग प्रदान गरेका हुन् । भण्डारीका छोरा सन्देश कक्षा १० मा न्युटन्स् एजुकेशन एकेडेमीमा अध्ययनरत छन् ।

विगत एक दशक बढी समयदेखि सडकमा यत्रतत्र फ्याँकिएका प्लास्टिक तथा कबाडी सङ्कलन गरेर अनाथ आश्रम बनाउने अभियानमा होमिएका बिर्तामोड ६ का सामाजिक अभियान्ता तथा अभियानका अध्यक्ष गणेश ढुंगाना, अभियानका आजीवन सदस्य बीपी कोइरालालाई गौरी तथा उनका छोरा सन्देशले संयुक्त रूपमा सो रकम बराबरको चेक एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

अनाथ दिन दुःखी तथा सडकमा आश्रित मानवहरूलाई राख्नका लागि ढुङ्गानाको अग्रसरतामा अर्जुनधारा ११ स्थित देउनीया पुलको करिब ७ सय मिटर उत्तर क्षेत्रमा दुई कठ्ठा सात धुर जग्गा अभियानका नाममा खरिद गरिएको छ । जग्गा अभियानको नाममा आइसके पनि जग्गाधनीलाई अझै करिब ७ लाख रुपैयाँ जति तिर्न बाँकी रहेको अभियानका संयोजक समेत रहेका अभियन्ता ढुंगाना बताउँछन् ।

ढुङ्गानाको यो अभियानलाई नजिकबाट हेरिरहेका भण्डारीले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गर्दै समाज रूपान्तरणमा सहयोग गर्ने अठोटका साथ छोराको जन्मदिनमा केही थोरै भएपनि सहयोग गरिएको बताए ।सामाजिक उत्तरदायित्व बहन गर्दै हरेक नेपाली नागरिकले यस्ता सामाजिक कार्यहरू तथा अभियानमा साथ सहयोग गर्न आवश्यकता रहेको भण्डारीको भनाई छ ।

उनले आगामी दिनमा पनि यस्तै किसिमका सामाजिक कार्यहरू गरेर योगदान दिने बताए । भण्डारीले बिर्तामोड ६ स्थित बुटाबारीमा लामो समयदेखि शिवशक्ति टायर रिसोलिङ उद्योग सञ्चालन गरिरहेका छन् । भण्डारी विभिन्न संघसंस्थामा समेत आबद्ध रहेका छन्। सामाजिक सामाजिक उत्तरदायित्व बहन गर्दै सबैले यस्ता अभियान तथा समाज रूपान्तरणमा लागेका अभियन्ताहरुलाई सहयोग गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
58
सम्बन्धित

लोकप्रिय

लोकप्रिय