समिति छनोटमा विवाद भएपछि नेवाः देय् दबू झापाबाट खल:पुच अलग्गिएको घोषणा

बिर्तामोड । नेवार समुदायको छाता संगठन नेवाःदेय् दबू झापा जिल्ला कार्यसमितिबाट खल:पुचमा आवद्ध भएकाहरु अलग भएको घोषणा गरेका छन् । आज चौथो जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि खलपुचमा आवद्ध भएको नेवार समुदायले नेवाः दय् दबूबाट अलग भएको घोषणा गरेका हुन् ।

आज साँझ पत्रकारहरुसँग कुरा गर्दै खलस्पुचका तर्फबाट दिनेश श्रेष्ठले नेवाः दय् दबूबाट अन्याय भएका कारण आफूहरु अलग्गिएको जानकारी दिए । उनले विधानतः आफूहरुमाथि अन्याय भएको बताएका छन् ।

जिल्लाका विभिन्न शहर क्षेत्रमा गठित नेवार समुदायको खलस्पुचलाई नेवाः दय् दबूमा प्रतिनिधत्व हुन रोक्ने योजना देखिएपछि सँगै रहनुको औचित्य समाप्त भएको श्रेष्ठ जानकारी दिए । उनका अनुसार चौथो जिल्ला अधिवेशनमा खलपुच पक्षधरलाई रोकेपछि आफूहरु अलग भएको हो । जिल्लाभरबाट पाँच वटा खल:पुचहरु अधिवेशनमा सहभागी भएको बुझिएको छ । उनीहरुले अधिवेशनमा प्रतिनिधि सहभागितामा नै विद्यानतः अन्याय गरेको आरोप लगाएका छन् ।

काँकरभिट्टा नेवार समाजका अध्यक्ष कमल गुभाजुलाई अध्यक्षका बनाउने पूर्वसर्त उल्लंघन भएपछि विवाद भएको थियो । गुभाजु नेवाः दय् दबू झापाका उपाध्यक्ष हुन् । उनलाई अध्यक्ष बनाउने गरी प्रतिष्पर्धी तिलरुपा श्रेष्ठबीच सहमति भएको थियो । दुई प्रतिष्पर्धीबीचमा सहमति भए पनि तेस्रो व्यक्तिले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

प्राप्त सूचना अनुसार खलपुचहरुको अति न्यून प्रतिनिधि भएकाले निर्वाचनमा सहभागी नजनाएको हुन सक्ने बताईएको छ । नेवाः दय् दबूको तर्फबाट करिव ३३० प्रतिनिधि र खल:पुचको प्रतिनिधि करिव ३० जना भएकोले प्रतिष्पर्धामा नआएको हुन सक्ने नेवाः दय् दबूका एक प्रतिनिधिले जानकारी दिए । उनले अलग हुनुभन्दा मिलेर जान सूझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
93
सम्बन्धित

लोकप्रिय

लोकप्रिय