२१ औं शताब्दी सुहाउँदो शिक्षा ऐन बन्नुपर्छ: सभामुख घिमिरे

अर्जुनधारा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाजलाई परिवर्तन गर्न सक्ने आधार नै शिक्षा भएको बताएका छन् । परिवर्तनको आधार नै शिक्षा भएकाले सबैको प्राथमिकतामा शिक्षा हुनुपर्ने बताए ।

आज झापाको अर्जुनधारा–३ स्थित जनता माविको ६९ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै सभामुख घिमिरेले शिक्षा क्षेत्रका लागि पर्याप्त बजेटको व्यवस्था हुनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि घिमिरेले सबै तहको सरकारले शिक्षालाई प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्न आग्रह गरे । उनले राज्यले शिक्षामा पर्याप्त बजेटको व्यवस्था गरे मात्रै शिक्षामा अपेक्षाकृत उपलब्धी हासिल गर्न सकिने बताए ।

कार्यक्रममा सभामुख घिमिरेले २१ औं शताब्दी सुहाउँदो शिक्षा ऐन बन्नुपर्नेमा जोड दिए । अब हिउँदे शत्रबाट शिक्षा ऐन पास गरेर शिक्षाका अप्ठ्याराहरुलाई समाधान गर्दे लैजानुपर्छ, सभामुख घिमिरेले भने– पुरानै शिक्षा ऐनबाट चलाउनुपर्दा कठिन भइरहेको छ ।

जनतामा माध्यमिक विद्यालय शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीहरुहको मेहनतबाट यहाँसम्म आएको सभामुख घिमिरेको धारणा थियो । उनले विद्यार्थीहरुलाई प्रभावशाली बनाउन सोही अनुसारको शैक्षिक वातावरण, प्रविधि र पूर्वाधारको जरुरी भएको बताएका छन् ।

सभामुख घिमिरे समक्ष विद्यालयको कम्पाउण्ड वाल, कक्षा कोठाहरुमा स्मार्ट बोर्ड, व्यवस्थित मैदान र वाटिका निर्माणका लागि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
76
सम्बन्धित

लोकप्रिय

लोकप्रिय