भारतमा एक वर्षमा सडक दुर्घटनामा परी १ लाख ८० जनाले गुमाए ज्यान

भारतमा एक वर्षमा भएका सडक दुर्घटनामा १ लाख ८० हजार जनाको मृत्यु भएको छ ।

बुधबार भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका छन् ।

मृत्यु हुनेमा करिब १० हजार विद्यालयमा अध्ययनरत छात्रछात्रा रहेको उल्लेख गर्दै उनले विद्यालय तथा अन्य शैक्षिक संस्थाअगाडि यातायातको उचित व्यवस्था नहुँदा मृत्यु भएको बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
123
सम्बन्धित

लोकप्रिय

लोकप्रिय