कनकाई माइमेलामा मकर नुहाउनेलाई आगो ताप्नेको व्यवस्था

सरोज भट्टराई
शिवसताक्षी । विगत लामोसमयदेखि लाग्दै आएको कनकाई माइमेला यस वर्ष गएका वर्ष भन्दा व्यवस्थित हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधारमायही माग २८ गतेदेखिमेला लाग्नेभएको हो । शिवसताक्षी नगरपालिकाले वडा नं. १० को कार्यालयलाई मेला लगाउन अनुमति दिएको छ ।

गएको वर्षमा ठेक्का मार्फत मेला लगाउँदा मनोमानी ढंगले व्यापारीबाट ठेक्केदारले शुल्क उठाएपछि मेला नगरपालिकाले आफै लगाउने निर्णय गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । वडाले मेलाका अवधिमा सडक र कनकाई पुलमा जाम हुन नदिन कनकाई नदिमा बैकल्पिक पुल निर्माण थालेको छ । वडा नं. १०का वडाध्यक्ष हर्क सिगुका अनुसार मेलाका लागि भिटौरीहरु नापेर सबै रेडी गरिएको छ । व्यापारीहरु सम्पर्कमा आउन थालेका छन् । वडाले थोरै मूल्यमा भिटौरी दिने निर्णय गरेको वडाध्यक्षले सिगुले जानकारी दिए ।

यस वर्ष मकर नुहाउन आउने र राती मेलामा बस्ने भक्तजनहरुलाई मध्यनजर गर्दै आगो ताप्ने व्यवस्था समेत मिलाइने वडा कार्यालयले जनाएको छ । विहान चिसो हुने भएकाले कनकाई नदिको किनारमा ५ स्थानमा आगो ताप्ने समेत व्यवस्था गरिने वडाध्यक्ष सिगुले बताए । उनले सामुदायिक वनबाट ठुला मुढा र दाउरा झिकाएर आगो विहान र राती आगो बाल्ने जानकारी दिए ।

कनकाई नदि किनार धार्मिक क्षेत्र भएकाले त्यस स्थानमा शाहकारी होटल र माइधारको पश्चिम बस्टेण्ड उत्तर मंसाहारी होटलहरुलाई भिटौरी दिने व्यवस्था मिलाइएको वडा सदस्य दिपक पोख्रेलले जानकारी दिए । मेलाका लागि ७ वटा शौचालय निर्माण गरिने भएको छ । शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले एक सय जना प्रहरी पठाउने र प्रहरीको खाने र बस्नेको व्यवस्था माइधार बजार विकास समितिले गर्ने भएको बताइएको छ। मेलामा प्रहरीसँगै ५० जना स्वयमसेवक, स्काउट र रेडक्रस लगायतले समेत सेवा दिने छन् ।

वडाध्यक्ष सिगुले भने, वडाले तथा नगरले यहाँ आउने व्यापारीहरुले मनोमानी मुल्य तोकी व्यापार गर्न पाउने छैनन् । हामीले भिटौरी सस्तो गरेसँगै व्यापारीहरुले पनि ग्राहकलाई सौलियत ढंगले व्यापार गर्नु पर्ने हुन्छ । त्यसको अनुगमन नगर तथा वडाले गर्ने छ । मेलामा विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सकर्स, बुगीबुगी डान्स, सरकारले मान्यता दिएको आधिकारिक खेलवाडहरु, चिल्ड्रेन खेलहरु सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । कन्काई माई विशेष गरी हिन्दु धर्मावलम्बीहरुको धार्मिक मेला भएको हुँदा मेलामा मकर नुहाउने, पुजा आरधाना लगायत कार्यक्रम हुने गरेको छ ।

यस वर्ष माइ मेला ५ दिन लाग्ने व्यवस्था मिलाइएको छ । पौष २७ बेलुका सम्ममा सम्पूर्ण तयारी पुरा गरेर २८ गते दिउँसो १२ बजे मेला उद्घाटन गरिने छ भने, मेला माघ ४ गते सम्म सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

माघ १ गते मकर नुहाउन र धार्मिक अनुष्ठान गर्न नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भुटान, भारतको सिक्किम, असम, मनिपुर, दार्जिलिङ, सिलिगुडी लगायतका तीर्थालु भक्तजनहरु आउने गरेका छन् । झापाको कनकाई माई वारि माईधार तथा नदीको तट आसपासमा मेला लाग्ने गरेको छ भने कनकाई नगरपालिकाको कोटिहोम परिसरमा धुमधामले मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय