निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा अधिकारी र सहकोषाध्यक्षमा धिमाल निर्वाचित

बिर्तामोड । निर्माण व्यवसायी संघ झापाको औँ अधिवेशनबाट अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् ।

दमकका अभिकारी १६३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भद्रपुरका इन्जिनियर प्रकाशकुमार सिंहले १४२ मत प्राप्त गरे ।

त्यस्तै, सहकोषाध्यक्षमा अर्जुनधाराका सुरेन्द्र धिमाल निर्वाचित भएका छन् । सहकोषाध्यक्ष पदका लागि तीनजनाबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये धिमाल १०४ मत ल्याई निर्वाचित भएका हुन् । एंगल गुरुङले ९९ र सुरेश भट्टराईले ९८ मत प्राप्त गरे ।

त्यस्तै, सदस्यहरुमा प्रवीण कटवाल २४६, मनोज उप्रेती २२४, इन्जिनियर विवेक जवेगू २२५, गंगाप्रसाद गौतम २२४, दिनेश मैनाली २२२, ज्ञानबहादुर तामाङ २००, इन्जिनियर डालिम खड्का १९९, आशिष बान्तवा १९५, उद्धव कुँवर १९३ र भरत भट्टराई १९१ मत ल्याई निर्वाचित भएका छन् । १० जना सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका थिए ।

अध्यक्ष, सहकोषाध्यक्ष र सदस्यबाहेक बाँकी पदहरुमा यसअघि नै निर्वारोध भइसकेको थियो । संघको प्रथम उपाध्यक्षमा केदार गिरी, द्वितीय उपाध्यक्षमा राजकुमार राई, तृतीय उपाध्यक्षमा नयन बराल, महासचिवमा पुष्पराज निरौला, सचिवमा लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा यज्ञनिधि भुर्तेल र महिला सदस्यमा कमला थाम्सुहाङ निर्विरोध भएका थिए ।

निर्माण व्यवसायी संघ झापामा ३७४ जना सदस्य रहेकोमा ३०५ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिका संयोजक गोपाल थापाले बताए । मतदान निर्माण व्यवसायी संघको सभाहलमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
182
सम्बन्धित

लोकप्रिय

लोकप्रिय