काङ्ग्रेसको कचनकवल-सगरमाथा जागरण अभियान आजबाट संचालन हुँदै

झापा । नेपाली काङ्ग्रेस कोशी प्रदेश समितिको आयोजनामा आजबाट नेपालको होचो भुभाग केचनामा कचनकवल-सगरमाथा जागरण अभियान कार्यक्रम आयोजना गरिएको छ।

नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौला, काङ्ग्रेस महामन्त्री विश्व प्रकाश शर्मा लगायत नेताहरूले सम्बोधन गर्ने अभियानमा कोशी प्रदेशका १४ जिल्लाका नेता कार्यकर्ता सहभागी हुने काङ्ग्रेस झापा क्षेत्र नम्बर ३ का सचीव गिता प्रसाद भट्टराईले जानकारी दिए ।

करिब १० हजार नेता कार्यकर्ताको उपस्थित रहने अभियान कार्यक्रमले नेपालको होचो भुभाग कचनकवलको समग्र बिकासलाई समेत अगाडि पुर्याउन सहयोग पुग्ने बिश्वास लिएको छ।

नेपालको होचो भुभाग कचनकवल स्थम्ब भएको ठाउँमा आयोजना हुने काङ्ग्रेसको जागरण अभियानले कचनकवल काङ्ग्रेस र काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि बिचको मत भिन्नताको अन्त्य हुने र कचनकवलको बिकासले काचुली फेर्ने बिश्वास लिएको छ ।

समुन्द्र सतहदेखी ५८ मिटर उचाईमा रहेको नेपालकै होचो भुभागमा रहेको यस क्षेत्रको बिकासमा सबै पक्षको साथ र सहयोगको नितान्त आवश्यक देखिन्छ ।

उक्त अवसरमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
139
सम्बन्धित

लोकप्रिय

लोकप्रिय