नेपाल र चीनको सीमा क्षेत्र तिब्बत केन्द्रबिन्दु बनाएर भुकम्प

झापा । काठमाडौँ उपत्यकासहित आसपास, तराइ एवं झापा सहितको पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आज बिहान करिव ६ बजेर ५० मिनेट जाँदा भूकम्पको महसुस गरिएको थियो । प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकी छ ।

भूकम्प कति म्याग्निच्युडको भन्ने यकिन तथ्यांक आइसकेको छैन । चिनियाँ समाचार संस्था सिन्ह्वाले ६.८ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ भने युएसजीएसले ७.१ म्याग्निच्युड मापन गरेको उल्लेख गरेको छ ।

प्रारम्भिक अनुमानअनुसार भूकम्पको इपिसेन्टर १० किलोमिटर मात्रै गहिराइ रहेको जनाइएको छ ।

नेपालको पूर्वी पहाडीलगायत काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । यस्तै भूकम्पको धक्का नेपाल, चीन, भारत, बंगलादेश र भुटानमा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
184
सम्बन्धित

लोकप्रिय

लोकप्रिय